आशा लघुवित्तको फिल्ड व्यवस्थापन तालिम सम्पन्न

आशा लघुवित्तको फिल्ड व्यवस्थापन तालिम सम्पन्न


बैंकिङ्ग समाचार । 

आशा लघुवित्त वित्तीय संस्थाले शाखा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ । यही २०७६ फाल्गुन२९ र ३० गते बोडे भक्तपुरमा आयोजित तालिममा देश भर संचालित ५५ वटा शाखाका र्यालयहरुमा कार्यरत ६० जना फिल्ड कर्मचारीहरुको सहभागिता रहेको थियो । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले कार्यक्रमको उद्घाटन गर्दै यस्ता तालिमले कर्मचारीको कार्य क्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । कार्यक्रममा फिल्ड ब्यवस्थापन सम्बन्धी तालिमश्री मेघ राज गजुरेलले प्रशिक्षण दिनु भएको थियो । साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी, रबिन खतिवडा तथा दिपेन्द्र खनालले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिनुभयो । 

नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुलनाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी  लामो समयदेखि सेवा सुचारु गर्दै आइरहेको छ । हालसम्म संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५४ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब रु. २ अर्ब ३१ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ७१ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।