राष्ट्र बैंकको गभर्नर नियूक्तिमा ढिलाई

राष्ट्र बैंकको गभर्नर नियूक्तिमा ढिलाई


बैकिङ्ग समाचार । 

नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर डा.चिरंजीबि नेपाल आफ्नो कार्यकालको अन्त्यतिर छन् । 

२०७२ सालमा गभर्नर नियुक्त भएका डा. नेपालको कार्यकाल चैत्र पहिलो साताबाट सकिँदैछ । नेपाल राष्ट्र बैंकको ऐन अनुसार वर्तमान गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अघि नै नयाँ गभर्नर नियुक्त गरि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने हुन्छ । यद्यपि, अहिलेसम्म गभर्नर नियुक्तिका लागि प्रक्रिया नै सुरु भएको छैन ।

गभर्नरको नियुक्ति अर्थमन्त्रीको अध्यक्षतामा गठित समितिको सिफारिसमा गरिन्छ । तर, डा. नेपालको कार्याकाल सकिन केहीदिन मात्रै बाँकी रहँदासम्म पनि नयाँ गभर्नर नियुक्तिका लागि समिति समेत गठन भएको छैन । 

समिति गठन भएपछि समितिले तीन जनाको नाम सिफारिस गरेपछि त्यसबाट मन्त्रीपरिषद बैंठकले एकजनको नाम अनुमोदन गर्नेछ । 

हाल प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा मृगौला प्रत्यारोपणसँगै आराम गरिरहेका कारण पनि थप केही ढिलाई हुने देखिएको छ ।