ग्लोबल आइएमई बैंकद्वारा दृष्टीविहिन विद्यार्थीलाई सहयोग

ग्लोबल आइएमई बैंकद्वारा दृष्टीविहिन विद्यार्थीलाई सहयोग


बैकिङ्ग समाचार । 

ग्लोबल आइएमई बैंकले दृष्टीविहिन विद्यार्थीहरुलाई सहयोग गरेको छ । बैंकले पर्वतको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरिएको हो ।  

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामग्री सहयेग गरेको जनाएको छ । उक्त सहयोग सामग्री संघीय सांसद पदम गिरी र ग्लोबल बैंकका कुश्मा शाखाका शाखा प्रमुख प्रकाश शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । 

बैंकले  शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको जनाएको छ ।