सनराइज रेमिट मार्फत पठाएको रकम जिएमई रेमिटयान्सबाट झिक्न सकिने

सनराइज रेमिट मार्फत पठाएको रकम जिएमई रेमिटयान्सबाट झिक्न सकिने


बैकिङ्ग समाचार ।
सनराइज बैंक र जिएमई रेमिटयान्सबीच रेमिटयान्स सुविधा प्रदान गर्ने बारेमा सम्झौता भएको छ । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र रेमिटयान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुत्तरुपमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले सनराइज रेमिट मार्फत पठाएको रकम जिएमई रेमिटयान्सबाट भुक्तानी पाउने छन् । 

बैंकले १३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।