वार्षिकोत्सवमा सेञ्चुरी बैंकको निःशुल्क स्वास्थ्य शिविर

वार्षिकोत्सवमा सेञ्चुरी बैंकको निःशुल्क स्वास्थ्य शिविर


बैकिङ्ग समाचार । 

सेञ्चुरी कमर्सियल बैंकले वार्षिक उत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकको प्रधान कार्यलय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा सहयोग कार्यक्रम सञ्चालन गर्दै आगामी दिनमा पनि यस्तै समाजसेवामुलक कार्य गर्ने जनाएको छ । 

चावहिलस्थित ओम हस्पिटल तथा ताहाचलस्थित नेपाल रेडक्रस सोसाईटी, केन्द्रिय रक्तसञ्चार सेवाको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार रक्तदान कार्यक्रमा ३५ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।