एन आईसी एशिया बैंक र लिगल रेमिटबीच सम्झौता 

एन आईसी एशिया बैंक र लिगल रेमिटबीच सम्झौता 


बैकिङ्ग समाचार । 

एन आई सी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ ।

सम्झौता पश्चात अष्ट्रेलियामा रहेका नेपालीहरूले लिगलबाट रकम पठाएर यस बैंकको एन आईसी एशिया रेमिट मार्फत तुरुन्त रकम भुक्तानी लिन सक्ने बैंकले जनाएको छ । 

लिगल रेमिटमार्फत अष्ट्रेलियामा रहेका नेपालीहरुले पठाएको विप्रेषण रकम नेपालस्थित एन आईसी एशिया बैंकका जुनसुकै शाखाहरु, एकस्टेन्सन काउन्टर लगायत नौं हजार भन्दा बढि सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउने बैंकले जनाएको छ ।