प्राइम र कैलाश बैंकबीच एकीकृत कारोबार सुरु,  सेयरधनीलाई दिने प्रतिफल बढाउने दाबी 

प्राइम र कैलाश बैंकबीच एकीकृत कारोबार सुरु,  सेयरधनीलाई दिने प्रतिफल बढाउने दाबी 


बैकिङ्ग समाचार ।

प्राइम कमर्सियल बैंक र कैलाश विकासले आजबाट एकिकृत कारोबार सुरु गरेका छन् । काठमाडौंको कमलपोखरी स्थित प्राइम बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच बैंकका सञ्चालक समितिका अध्यक्ष अध्यक्ष राजेन्द्र दास श्रेष्ठले अन्य बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा एक्वीजिशनलाई प्राथमिकतामा राखेको बताएका हुन् । 
कार्यक्रमलाई सम्बोधन गर्दै उनले कैलाश विकास बैंकलाई प्राप्ति गरे पश्चात प्राइम बैंक नीजि क्षेत्रका उत्कृष्ट बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित हुने दाबी गरे । 

यस्तै कार्यक्रममा बोल्दै साबिकको कैलाश विकास बैंकका सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकको नीति आनुसार कैलाश विकास बैंक प्राइमसँग गाभिन पुगेको बताए । 
उनले एकीकृत कारोबार भएसँगै प्राइमको शाखा सन्जाल दोब्बर बढेको बताए । बैंक चुक्ता पुँजी, निक्षेप, कर्जा लगायतमा पनि ठूलो सफलता प्राप्त भएको उनले बताए । प्राइम कमर्सियल बैंकका सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पनि राष्ट्र बैंकको नीति अनुसार दुई बैंक एक्विजिसनमा गएको बताए । 

उनले प्राइमले न्यून सञ्चालन खर्च गरेर लगानीकर्तालाई उच्च प्रतिफल दिंदै आएकोमा कैलाश जोडिएपछि यस कार्यमा अझै सहजता हुने बताए ।  अहिले पनि बैंकको सञ्चालन खर्च कम मात्रै नभएर धेरै कम भएकोले धेरै आम्दानी गर्न सकेको विष्टको भनाई छ । आगामी दिनमा पनि बैंकको सञ्चालन खर्च न्यून गर्दै सेयरधनीलाई दिने प्रतिफललाई बढावा दिने दाबी गरे ।

कैलाशलाई प्राप्ति गरेसँगै प्राइमको पुँजी कोष १९ अर्ब रुपैयाँ पुगेको उनले बताए । अब देशव्यापी रुपमा शाखा सञ्जाल विस्तार भएको उनले बताए । अध्यक्ष श्रेष्ठले अधिकृत पुँजी २२ अर्ब रुपैयाँ पुर्याउने उद्देश्यका साथ बैंक अगाडि बढेको पनि जानकारी गराए । एक्विजिसन सम्बन्धी सम्भौतापत्रमा हस्ताक्षर गरेको ८ महिनापछि २ बैंकले एकीकृत कारोबार सुरु गरेका हुन् । दुवै बैंकलाई नेपाल राष्ट्र बैंकले २०७६ फागुन १८ गते प्राप्ति गर्ने अन्तिम स्वीकृत दिएको थियो ।

 

प्राइम र कैलाश बैंकबीच एकीकृत कारोबार सुरु, सेयरधनीलाई दिने प्रतिफल बढाउने दाबी

Posted by Bankingsamachar on Thursday, March 12, 2020

यता, फागुन २१ गते कम्पनी रजिष्टारको कार्यालयबाट पनि स्वीकृत लिएको बैंकले जनाएको छ । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कैलाशका सेयरधनीले उनीहरुको १०० कित्ता सेयर बराबर अब प्राइमको नाममा ९४ कित्ता पाउनेछन् । एक्विजिसन प्रक्रियाका कारण कैलाशको असार २२ गतेबाट सेयर कारोबार रोक्का रहेको थियो । अब प्राइमको नामबाट कारोबार हुनेछ ।
 
कैलाश विकास बैंकको हाल उपत्यकाभित्र २५ वटा र उपत्यका बाहिर ७६ वटासहित १०१ वटा शाखा कार्यालय छन् । त्यस्तै, प्राइमको उपत्यका भित्र २४ वटा शाखा र उपत्यका बाहिर ७५ वटा सहित ९९ वटा शाखा कार्यालय छन् । नेटवर्कका हिसाबले प्राइमले आफ्नोभन्दा ठूलो सञ्जाल भएको बैंकलाई प्राप्ति गरेको हो । अब प्राइमको नेटवर्क २०० वटा पुगेको छ ।