माछापुच्छ्रे बैंकको कामु सीइओमा कोइराला

माछापुच्छ्रे बैंकको कामु सीइओमा कोइराला


बैकिङ्ग समाचार ।

माछापुच्छ्रे बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा सन्तोष कोइरालाले पाएका छन्   । सीइओ सुमन शर्माले बैंक छोड्ने निर्णय गरेसंगै  नायव प्रमुख कार्यकारीको जिम्मेवारीमा रहेका कोइरालाले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन्  । कोइरालाले चैत १ गतेदेखि लागु हुने गरी नयाँ कार्यभार सम्हाल्ने छन्  ।

नेपाल राष्ट्र बैंकको ब्यबस्था अनुसार बैंकले ३ महिना भित्र सीईओ नियुक्त गरिसक्नु पर्ने छ । उनले नै सीइओको जिम्मेवारी पाउने बैंक स्रोतले जनाएको छ । 

७ वर्ष अगाडी माछापुच्छ्रे आएका कोइराला दुई वर्षदेखि नायव प्रमुख कार्यकारी थिए।  २१ वर्षको बैंकिङ अनुभव रहेका कोइराला यस अगाडी बैंक अफ काठमाण्डू र सानिमा बैंकमा काम गरेका थिए ।