माछापुच्छ्रे बैंकबाट बाहिरिए सीईओ सुमन शर्मा, सन्तोष कोइरालालाई कामु सीईओको जिम्मेवारी

माछापुच्छ्रे बैंकबाट बाहिरिए सीईओ सुमन शर्मा, सन्तोष कोइरालालाई कामु सीईओको जिम्मेवारी


बैंकिङ्ग समाचार । 

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा बैंकबाट बाहिरिएका छन्। शर्माले चैत १ गतेदेखि लागू हुनेगरी राजीनामा पेस गरेका हुन । चार वर्षका लागि २०७५ जेठमा प्रमुख कार्यकारी पदमा नियुक्त भएका उनले २३ महिनामानै पद छाडेका छन्।

बैंक सञ्चालक समितिले भने शर्माले पारिवारको स्वास्थ्य समस्याका कारण बोर्ड र शर्माको सहमतिका आधारमा बैंक छाडेको बताएको छ।

शर्माले छाडेसँगै बैंकले नायब प्रमुख कार्यकारी सन्तोष कोइरालाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ। फागुन १९ गते सम्पन्न ४१५ औं सञ्चालक समितिको बैठकले कोइरालालाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

त्रिभूवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर र नेदरल्यान्डको कलेजबाट एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राममा डिप्लोमा उपाधि प्राप्त कोइरालासँग २ दशक बढीको अनुभव रहेको छ। बैंक अफ काठमाण्डूबाट बैंकिङ्ग करियर सुरु गरेका कोइराला माछापुच्छ्रे बैंकमा ७ वर्ष कार्यरत छन्। कोइरालाले २ वर्षदेखि नायब प्रमुख कार्यकारीको भुमिका निर्वाह गर्दै आइरहेका थिए।