३० करोड बढीको लाभांश वितरण गर्दै सिद्धार्थ प्रिमियर

३० करोड बढीको लाभांश वितरण गर्दै सिद्धार्थ प्रिमियर


काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ ।

कम्पनीको फागुन ३० गते हुने ३०औँ वार्षिक साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । यो आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत करसहित नगद लाभांश हो ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि फागुन ११ गते बुक क्लोज गरेको थियो । त्यसकारण फागुन १० गतेसम्म कायम शेयरधनीहरुमात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सभा काठमाडौंको भगवती बहालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएकोछ।