मुक्तिनाथ क्यापिटलको सिईओमा कविन्द्रध्वज जोशी नियुक्त

मुक्तिनाथ क्यापिटलको सिईओमा कविन्द्रध्वज जोशी नियुक्त


बैकिङ्ग समाचार ।
मुक्तिनाथ क्यापिटल लिमिटेडले कविन्द्रध्वज जोशीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

जोशीले आगामी बैंशाखदेखी मुक्तिनाथ क्यापिटल जिम्मेवारी सम्हाल्ने भएका छन् ।

एनआइविएल एस क्यापिटलमा महाप्रवन्धकको रुपमा कार्यरत जोशीले मुक्तिनाथ जाने भएपछि राजीनामा दिईसकेका छन् तर उनको राजीनामा स्वीकृत हुन बाँकी छ ।

एनआईडिसी क्यापिटल मार्केट, एस क्यापिटल, ग्रोमर क्यापिटल लगायतमा गरी मर्चेन्ट बैंकिङमा २ दशक भन्दा बढी विताइसकेका जोशी मर्चेन्ट बैकिङ्गमा दखल भएका व्यक्ति मानिन्छन् ।