विनोद चौधरीको सम्पत्ति ३० करोडले घट्यो 

विनोद चौधरीको सम्पत्ति ३० करोडले घट्यो 


बैकिङ्ग समाचार ।
नेपालका एकमात्र अर्बपति व्यवसायी बिनोद चौधरीको सम्पत्ति घटेको छ । फोर्ब्स म्यागाजिनले सार्वजनिक गरेको २०२०का अर्वपतिहरुको सूचि अनुसार गत वर्षको तुलनामा यस वर्ष चौधरीको सम्पत्ति ३० करोड अमेरिकी डलरले घटेको छ । नेपाली रुपैयाँमा रुपान्तरण गर्दा यो रकम ३५ अर्ब ४० करोड नेपाली रुपैयाँ हुन्छ ।

फोर्ब्सले हरेक वर्ष मार्चमा अर्वपतिहरुको सूचि सार्वजनिक गर्दछ । जसअनुसार गत वर्षको मार्चमा चौधरीसँग एक अर्ब ७० करोड अमेरिकी डलर सम्पत्ति रहेकोमा यस वर्ष एक अर्ब ४० करोड अमेरिकी डलरमा झरेको छ । 

सम्पत्ति घटेसँगै चौधरी विश्वका १६४९औं धनी व्यक्ति बन्न पुगेका छन् । अघिल्लो वर्ष उनी १३४९औँ स्थानमा थिए ।

चौधरी सन् २०१३ मा फोर्ब्सको अर्बपतिको सूचिमा सूचिकृत भएका थिए ।