प्राइम र कैलाश विकास बैंकको एकिकृत कारोबार सुरु, बन्यो शक्तिशाली बैंक 

प्राइम र कैलाश विकास बैंकको एकिकृत कारोबार सुरु, बन्यो शक्तिशाली बैंक 


बैंकिङ्ग समाचार ।

कैलाश विकास बैंक विहीबारदेखि पूर्ण रुपमा प्राइम कमर्सियल बैंकमा विलय भएका छन् । उनीहरुले आज बिहिवारबाट एकिकृत कारोवार सुरु गरेका छन् । कैलाशलाई गाभेपछि प्राइम कमर्सियल बैंकको शक्तिशाली बैंकका रुपमा स्थापित भएको छ । 

प्राप्तिसम्बन्धी प्रस्ताव दुई बैंकको पुस २५ गतेको छुटाछुटै साधारणसभाबाट पारित भएको थियो । नेपाल राष्ट्र बैंकले फागुन १८ गते प्राप्तिको लागि अन्तिम स्वीकृती दिएको थियो ।

एकीकृत कारोबार गर्दा दुबै संस्थाको तथ्याङक एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गनुपर्ने भएकाले फागनु २८ गते दुबै संस्थाको बैकिङ सेवा, एटिएम एसएमस, इन्टरनेट लगायतका सेवाहरु बन्द हुने सबैंकले जनाएको छ ।

उता कैलाश विकास बैंकका सिईओ र डेपुटी सिईओको पद व्यवस्थापन गर्ने तयारीमा प्राइम बैंक लागेको छ । पद समायोजनको विषयमा कुराकानी भैरहेको बैंक स्रोतले जनाएको छ । हाल कैलाश बैंकको सिईओ रहेका सिनियर बैंकर अमृतचरण श्रेष्ठलाई प्राइम बैंकले जिएममा समायोजन गर्ने तयारी गरिरहेको छ ।