मेगा बैंकका बैंकर शम्भु थापालाई सफाई, षड्यन्त्रकारी कर्मचारीलाई अफ्ठ्यारो पर्न सक्ने 

मेगा बैंकका बैंकर शम्भु थापालाई सफाई, षड्यन्त्रकारी कर्मचारीलाई अफ्ठ्यारो पर्न सक्ने 


बैंकिङ्ग समाचार ।

मेगा बैंक लिमिटेडको मुख्यशाखा प्रबन्धक रहेका शम्भु थापालाई हालै सर्वोच्च अदालतले पुर्ण सफाई दिएको छ ।

२०७० सालमा मेगा बैंकमा घटेको करिब दुई करोडको बैंकिङ कसुर मुद्दामा बैंकर थापालाई कसुरदारको अभियोग लागेको थियो । आफुलाई आफ्नै सहकर्मी साथिहरुबाट घात भएको बताउँदै आएका उनले सर्वोच्च अदालतबाट पुर्ण सफाई पाएका हुन् ।

 ०७६ साउन २० गतेको बसेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको पुर्ण इजलासले थापालाई सफाइ दिएको हो । सर्वोच्च अदालतको यो निर्णयले मेगा बैंकका  षड्यन्त्रकारी कर्मचारी एवमं सीईओ अनुपमा खुन्जेलीलाई समेत अफ्ठ्यारो पर्न सक्ने स्रोतको दाबी छ ।