प्राइम लाइफ इन्स्योरेन्सले १२.५ प्रतिशत बोनस शेयर वितरण गर्ने

प्राइम लाइफ इन्स्योरेन्सले १२.५ प्रतिशत बोनस शेयर वितरण गर्ने


बैंकिङ्ग समाचार ।

प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँको १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश बीमा समितिबाट स्वीकृति भई र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन्।

यसअनुसार कम्पनीले चुक्ता पूँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँमा २५ करोड ९ लाख ९२ हजार ४२१ रुपैयाँ बोनस र १ करोड ३२ लाख १० हजार १२८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार ७९६ रुपैयाँ कायम हुनेछ।

यसअघि कम्पनीले आव २०७३.७४ मा १२.५० प्रतिशत र बीमा समितिले तोकेको पूँँजी कायम गर्न विशेष साधारण सभाबाट अर्को १२.५० प्रतिशत बोनस वितरण गरेको थियो।
\"\"