सेञ्चुरी बैंकद्धारा समुदायसँग अन्तरक्रिया

सेञ्चुरी बैंकद्धारा समुदायसँग अन्तरक्रिया


बैंकिङ्ग समाचार । 
सेञ्चुरी कमर्सियल बैंकले समुदायसँग बैंक तथा वित्तिय क्षेत्रको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकको बनेपा शाखाले शनिबार अन्तरक्रिया  कार्यक्रम गरेको हो ।

बैंकले  स्थानीय शेयरधनी, जनप्रतिनिधी, सहकारीकर्मी उद्योगी ,ब्यवसायी  लगायत  सेवाग्राहीहरुका लागि उक्त कार्यक्रमा सञ्चालन गरेको जनाएको छ । 

कार्यक्रममा बैंकका शाखा प्रबन्धक सुकेश शाक्यले सेञ्चुरीले संचालनमा ल्याएको बीमाको सुविधा सहितको सेञ्चुरी प्लस खाता र अनुदानमा आधारित सहुलियत कर्जा सम्बन्धी जानकारी गराएको  जनाइएको छ।  

यस्तै सेञ्चुरी क्यापिटल मार्केट्सका लगानी ब्यवस्थापन अधिकृत सुमन गौतमले शेयर लगानी सम्बन्धि सचेतना र पोर्टफोलियो ब्यवस्थापनको सम्बन्धमा जानकारी गराएका थिए ।