एक्सेल डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद जारी गर्ने,  चैत ११ गते साधारणसभा 

एक्सेल डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद जारी गर्ने,  चैत ११ गते साधारणसभा 


बैंकिङ्ग समाचार । 
एक्सेल डेभलपमेन्ट बैंकले गत आवको नाफाबाट बोनस वितरणपछि कायम हुने पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने भएको छ। बैंकले बोनस र हकप्रद प्रस्ताव पारित गर्न चैत २० गते होटल होलिडे होम विर्तामोड, झापामा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ।

सभाले बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७५र७६ को नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १७.१० प्रतिशत (११ करोड ८४ लाख ४७ हजार २४९ रुपैयाँ) बोनस शेयर र सो बोनसको कर प्रयोजनका लागि ०.९० प्रतिशत (६२ लाख ३४ हजा ६५ रुपैयाँ नगद) लाभांश अनुमोदन गर्नेछ।

यस्तै बैंकले बोनस वितरणपछि कायम चुक्ता पुँजीबाट ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ। यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने।गाभिने सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले चैत ७ गतेदेखि शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने भएको छ। यसअनुसार चैत ६ गते बिहीबारसम्म कायम बैंकका शेयरधनीले मात्र लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।