खल्ती एपबाट रेमिट गर्न सकिने

खल्ती एपबाट रेमिट गर्न सकिने


बैंकिङ्ग समाचार ।

खल्ती एपवाट पनि रेमिट गर्न सकिने भएको छ । खल्ती वालेट र नेपाल रेमिट बिच खल्ती एप बाटै मनि ट्रान्सफर सेवा प्रदान गर्ने सम्झौता भएपछि अनलाइन मार्फत नै रेमिट्यान्स गर्न सकिने भएको हो ।

विगत १५ वर्षदेखि निरन्तर सेवा दिदै आइरहेको नेपाल रेमिट र डिजिटल वालेट खल्ती बिच भएको सम्झौता अनुसार खल्ती एपको प्रयोगकर्ताहरुले एपको प्रयोग गरि मिनेट भरमै नेपाल भर जुनसुकै ठाउँमा, सस्तो दरमा, सुरक्षित रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।

आगामी दिनहरूमा नेपाल रेमिटको देशै भर छरिएर रहेको ७५०० भन्दा बढी एजेन्टहरुको अफिस बाट खल्ती वालेट लोड गर्न सकिने, विश्वको कुनै पनि कुना बाट नेपाल रेमिट मार्फत आएको पैसा खल्ती एपकै प्रयोग गरि निकाल्न तथा बैंकमा जम्मा गर्न सकिने प्रविधि पनि सुरु गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।
 

साथै प्रविधिको व्यापक प्रयोग गरि रेमिटेन्स सेवालाई सस्तो, सुरक्षित, र छिटोछरितो बनाउने अभियानमा नेपाल रेमिट रहेको कम्पनीले जनाएको छ ।