चार बाणिज्य बैंकलाई राष्ट्र बैंकको कारवाही, कुन–कुन बैंक परे ? 

चार बाणिज्य बैंकलाई राष्ट्र बैंकको कारवाही, कुन–कुन बैंक परे ? 


बैंकिङ्ग समाचार । 

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७५र७६ मा चार वाणिज्य बैंकलाई ५ करोड ८ लाख १८ हजार रुपैयाँ जरिवाना गरेको छ । केन्द्रीय बैंकले दिएको निर्देशन पालना नगरेपछि  बैंकलाई कारबाही गर्न बाध्य भएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार सेञ्चुरी, सिटिजन्स, सिभिल र नेपाल बंगलादेश बैंक कारवाहीमा परेका हुन् । यी बैंकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धि ऐन र निर्देशनको पूर्ण पालना नगरेको, प्राथमिकता प्राप्त क्षेत्रमा तोकिए बमोजिम कर्जा प्रवाह नगरेको, कर्जा स्रोत परिचालन अनुपात कायम नगरेपछि राष्ट्र बैंकले हर्जना तिराएको हो।

कारवाहीमा परेको बैंकहमध्ये नेपाल बंगलादेश बैंकलाई सबैभन्दा धेरै ४ करोड १ लाख ३२ हजार रुपैयाँ जरिवाना तिराएको छ प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमाअनुसार ऋण लगानी नगरेपछि बैंक कारवाहीमा परेको हो।

\"\"

त्यसैगरि सेञ्चुरी बैंकलाई ४९ लाख २८ हजार ५८० रुपैयाँ जरिवाना गरिएको छ । केन्द्रीय बैंकका अनुसार कर्जा स्रोत परिचालन अनुपात कायम गर्न नसकेपछि सेञ्चुरी बैंक एक आर्थिक वर्षमा दुई पटकसम्म कारवाही परेका हो । बैंकलाई पहिलो पटकमा ७ लाख १९ हजार ७६० रुपैयाँ जरिवाना गरिएकोमा दोस्रो पटक पनि सोही शिर्षकमा ४२ लाख ८ हजार ८२० रुपैयाँ हर्जना तिराएको छ ।

यस्तै सिभिल बैंकलाई पनि केन्द्रीय बैंकले ३७ लाख ५७ हजार ४ सय ४५ रूपैयाँ जरिवाना तिराएको छ । सिभिल पनि कर्जा९स्रोत परिचालन अनुपात कायम गर्न नसक्दा कारबाहीमा परेको हो।

यसैगरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धि ऐन र निर्देशन उल्लङ्घन गरेको भन्दै सिटिजन्स बैंकलाई राष्ट्र बैंकले कारवाही परेको हो ।बैंकले राष्ट्र बैंकलाई २० लाख रूपैयाँ जरीवाना तिरेको छ।