प्राइम र कैलाश विहिबार मर्ज हुँदै, कैलाशका कर्मचारीलाई एक साताको स्वेक्षिक अवकाश 

प्राइम र कैलाश विहिबार मर्ज हुँदै, कैलाशका कर्मचारीलाई एक साताको स्वेक्षिक अवकाश 


बैंकिङ्ग समाचार ।

प्राइम कमर्सियल बैंकले राष्ट्रिय स्तरको कैलाश विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । प्राइम कमर्सियल बैंकको नामबाट यही विहिबारदेखी एकिकृत कारोवार गर्न लागेको हो ।

२ महिनाअघि दुबै बैंकले साधारणसभा गरेर मर्जरमा जाने अख्तियारी पास गरी राष्ट्र बैंकबाट अन्तिम कारोवारको लागि स्वीकृतीसमेत पाइसकेका छन ।

प्राइम बैंकको नामबाट एकिकृत कारोबार गर्ने तयारी स्वरुप दुबै बैंक को सफ्टवेयर मिलानको काम भैरहेको प्राइम बैंकका सिईओ नारायणदाश मानन्धरले बताए । प्राइमले कैलाश बैंकलाई गाभ्ने भएपछि अहिले कैलाश बैंकका कर्मचारीलाई स्वेक्षिक अवकाश दिने तयारी छ । प्राइम बैंकले १ साताको म्याद दिएर कर्मचारीलाई सेवा अवधीको आधारमा अवकाश योजना ल्याएको हो ।

उता कैलाश विकास बैंकका सिईओ र डेपुटी सिईओको पद व्यवस्थापन गर्ने तयारीमा प्राइम बैंक लागेको छ । पद समायोजनको विषयमा कुराकानी भैरहेको बैंक स्रोतले जनाएको छ । हाल कैलाश बैंकको सिईओ रहेका सिनियर बैंकर अमृतचरण श्रेष्ठलाई प्राइम बैंकले जिएममा समायोजन गर्ने तयारी गरिरहेको छ ।