बाणिज्य बैंकहरुले निक्षेप ब्याजदर मनपरी घटाए, १२ प्रतिशतसम्म पुगेको ब्याजदर ६ प्रतिशतमा झर्यो

बाणिज्य बैंकहरुले निक्षेप ब्याजदर मनपरी घटाए, १२ प्रतिशतसम्म पुगेको ब्याजदर ६ प्रतिशतमा झर्यो


बैंकिङ्ग समाचार ।

पछिल्लो समय बाणिज्य बैंकहरुले धमाधम निक्षेपको व्दर घटाइरहेका छन् । ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक नेपाल एसबीआई बैंक, नविल बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, प्राइम बैंक, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, हिमालयन बैंक, एनसीसी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, सेञ्चुरी बैंक, लगायतले हालै बचतमा ब्याजदर घटाएर नयाँ ब्याजदर कायम गरेका छन् ।
 

समग्रमा सबै बैंकहरुको व्याजदर हेर्दा बचतमा अधिकतम ६ प्रतिशत ब्याज दिइएको पाइन्छ । तर, कुनै बेला लगानीयोग्य पुँजीको अभावमा रहँदा हतार हतारमा निक्षप ब्याजदर १२.१३ प्रतिशतसम्म कायम गरेका उनीहरुले अहिले आधा घटाएका हुन । लगानीयोग्य पुँजी जुटाउनका लागि विदेशमा ऋण लिन पाउने लगायतका व्यवस्था राष्ट्र बैंकले गरिदिएपछि उनीहरुले निक्षपमा ब्याजदर घटाउनु स्वभाविक रहेको जानकारहरु बताउँछन् । त्यसमाथि, व्याजदर बढाएर निक्षेप पनि तानिसकेपछि बैंकमा लगानीयोग्य पुँजीमा राहत मिलेको छ । 

यस्तो प्रवृत्ति सँधै नै बैंकहरुमा देखिँदै आएको छ । प्रायः असोज कात्तिकपछि बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव हुने स्थिती देखा पथ्र्यो । किनकि, यो समयमा वर्षातले काम विगार्ने समस्या नहुने भएपछि घर बनाउने वा अन्य कामहरु सुरु गर्नका लागि उत्तम समय हुन्छ । यसका लागि कर्जाको माग बढिरहेको छ । सो माग पुरा गर्नका लागि बैंकहरु ह्वात्तै व्याजदर बढाएर निक्षेप तान्ने प्रतिष्पर्धामा लाग्छन् ।

तर, आर्थिक वर्षको अन्त्यतिर विकास निर्माणका काम बढ्न थालेपछि बैंकिङ प्रणालीमा पैसा आउन थाल्छ र बैंकहरुलाई लगानी गर्ने रकममा सहज हुन्छ । बैंकमा रकम बढ्न थाल्नेवित्तीकै बैंकहरु व्याजदर घटाउन थालिहाल्छन् । यो प्रवृत्ति निकै वर्षदेखि नै चल्दै आएको देखिन्छ ।

हुन त राष्ट्र बैंकले यस प्रवृत्तिलाई नियालीरहेको हुन्छ । यद्यपि, प्रत्यक्ष रुपमा नै यति नै ब्याजदर कायम गर भनेर राष्ट्र बैंकले तोकिदिने नीति छैन । बजारको माग र आवश्यकतालाई ध्यानमा राखेर ब्याजदर निर्धारण गर्न बैंकहरु स्वतन्त्र छन् । यद्यपि, यो स्वतन्त्रतालाई बैंकहरुले मनपरी ढंगले प्रयोग गरिरहेको देखिन थालेको छ ।

कुन बैंकको ब्याजदर कति ?

नेपाल बैंक

बिहिबार नयाँ ब्याजदर सार्वजनिक गर्ने सरकारी बैंक नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ९ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ८.५० देखि ८.६० सम्म ब्याज दिनेछ जनाएको छ । बैंकले बचत खातामा तर्फ भने ६ प्रतिशत र साधारण बचतमा ४ प्रतिशत ब्याज दिनेछ ।

बैंकले पुस मसान्तसम्मको आधारदर ७.८२ प्रतिशत तोकेर कर्जाको ब्याजदर भने न्यूनतम ८.८७ प्रतिशतदेखि १२.८४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । जसमा ऋणीले ओभर ड्राफ्ट कार्डबाट कर्जा लिँदा ११.९८ प्रतिशत, होम लोनमा ११.४८ प्रतिशतसम्म, सेयर धितो कर्जा १२.८४ प्रतिशत, एजुकेशन लोन ९.१६ प्रतिशतसम्म र अटो लोन ११.९८ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

नबिल बैंक

नबिल बैंकले माघ १६ गते देखिलागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदरमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ७ प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेप तर्फ ८.५० देखि८.६० प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । बचत खातामा भने बैंकले ३.७५ प्रतिशतदेखि ५.७५ प्रतिशतसम्म ब्याज तोकेको छ ।

बैंकले पुस मसान्तसम्मको आधारदर ८.१० प्रतिशत तोकेर कर्जाको ब्याजदर भने ९.८५ प्रतिशत देखि१४.१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । जसमा ऋणीले ओभर ड्राफ्ट कार्डबाट कर्जा लिँदा १४.१ प्रतिशतसम्म, होम लोनमा १२.६ प्रतिशतसम्म, एजुकेशन लोन १३.१ प्रतिशतसम्म र अटो लोन १३.६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले सार्वजनिक बिहिबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.५० प्रतिशतदेखि ८.६० प्रतिशतसम्म ब्याज दिनेछ । बचत खाता तर्फभने बैंकले २ प्रतिशत देखि ५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

पुस मसान्तमा बैंकको बेसरेट ९.९४ प्रतिशत रहेको छ । बैंकले कर्जाको ब्याजदर भने ११.२५ प्रतिशत देखि१६.६९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । जस माध्ये ऋणीले ओभर ड्राफ्ट कार्डबाट लिँदा कर्जा १५.४४ प्रतिशत, घर जग्गा व्यवसाय कर्जा १६.६९ प्रतिशतसम्म, एजुकेशन लोन १४.९४ प्रतिशतसम्म, होम लोनमा १५.४४ प्रतिशतसम्म, सेयर धितो कर्जा १५.९४ प्रतिशतसम्म र अटो लोन १५.४४ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा माघ १५ गते सार्वजनिक नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.५० प्रतिशत देखि८.६० प्रतिशतसम्म रहेको छ । बचत खातामा भने बैंकले ३.५ प्रतिशत देखि५.५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बैंकको पुस मसान्तसम्मको बेसरेट ८.५८ प्रतिशत रहेको छ । जसलाई आधार मानेर बैंकले कर्जामा न्यूनतम ९.५८ प्रतिशत देखिअधिकतम १५.५० प्रतिशतसम्म ब्याज तोकेको छ । बैंकले १ वर्षको लागि निश्चित कर्जाहरु एनआइबिएल इको लोनमा १०.५० प्रतिशत, एनआइबीएल एसएमई लोनमा ९.९९ प्रतिशत र प्रोडक्टिभ एग्रो सेक्टर लोनमा १०.५० प्रतिशत ब्याज तोकेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले माघ १५ गते देखि व्यक्तिगत मुद्दती निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.६० प्रतिशतसम्म ब्याज दिनेछ । बचत खाता तर्फ भने बैंकले ५ प्रतिशतदेखि ६.५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

पुस मसान्तमा बैंकको बेसरेट १०.०९ प्रतिशत रहेको छ । बैंकले हाल २२ प्रकारका कर्जा दिइरहेको छ । अधिकांस कर्जाको ब्याजदर भने बैंकको ११.०९ देखि १९.०९ प्रतिशत माथि रहेको उल्लेख गरेको छ ।

प्रभु बैंक

प्रभु बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.५० प्रतिशत देखि ८.६० प्रतिशतसम्म रहेको छ । बचत खातामा भने बैंकले न्युनतम ४.५० प्रतिशत देखि६.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

बैंकको पुस मसान्तसम्मको बेसरेट ९.४५ प्रतिशत रहेको छ । जसलाई आधार मानेर बैंकले कर्जामा न्यूनतम १०.७ प्रतिशत देखिअधिकतम १४.४५ प्रतिशतसम्म ब्याज तोकेको छ ।

एनएमबि बैंक

एनएमबि बैंकले माघ १५ गते देखिलागु हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदरमा व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५ प्रतिशत र संस्थागत तर्फ ८.६० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकले हाल ३४ प्रकारको बचत खाता सञ्चालन गरिरहेको छ । ती बचत खाता तर्फभने बैंकले ४.५० प्रतिशतदेखि ६.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

फरेन करेन्सी डिपोजिटमा बैंकले ०.२५ देखि ५.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

पुस मसान्तमा बैंकको बेसरेट १०.०६ प्रतिशत रहेको छ । बैंकले कर्जाको ब्याजदर भने बैंकले १२.०६ देखि १७.०६ प्रतिशत माथि रहेको उल्लेख गरेको छ ।

सनराइज बैंक

सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १४ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैकले नयाँ ब्याजदर अनुसार साधारण मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ प्रतिशत र संस्थागततर्फ ८.५० प्रतिशतदेखि ८.६० प्रतिशतसम्म रहेको छ ।

हाल बैंकले १३ वटा बचत खाता सञ्चालन गरिरहेको छ । अधिकांश बचत खातामा बैंकले ४ प्रतिशत देखि६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । साथै बैंकले ४ प्रकारका फरेन करेन्सी डिपोजिटमा भने १ प्रतिशतदेखि ३५० प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ ।

पुस मसान्तमा बैंकको बेसरेट ९.९९ प्रतिशत रहेको छ । बैंकले हाल २४ प्रकारका कर्जा दिइरहेको छ । अधिकांश कर्जाको ब्याजदर भने बैंकको १५.९९ प्रतिशत माथि रहेको उल्लेख गरिएको छ । बैंकले क्रेडिट कार्डमा भने २ प्रतिशत ब्याज लिने जनाएको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले माघ १४ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ८.५० प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म र संस्थागत तर्फ ७ प्रतिशतदेखि ८.५० प्रतिशतसम्म रहेको छ । अन्य मुद्दति खातामा बैंकले ८.५० प्रतिशत देखि९.२५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ ।

हाल बैंकले २७ वटा बचत खाता सञ्चालन गरिरहेको छ । अधिकांश बचत खातामा बैंकले ३.५० प्रतिशतदेखि ५.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । साथै बैंकले ३ प्रकारका फरेन करेन्सी डिपोजिटमा भने ०.२५ प्रतिशत देखि २ प्रतिशतसम्म व्याज दिनेछ । कल डिपोजिटको ब्याज भने बैंकले ३.५० प्रतिशतभन्दा माथि दिने जनाएको छ ।

पुस मसान्तमा बैंकको बेसरेट ८.४६ प्रतिशत रहेको छ । जसलाई आधार राखेर बैंकले कर्जाको ब्याज भने बैंकको न्युनतम ९.७१ प्रतिशतदेखि १५.४६ प्रतिशतसम्म निर्धारण गरेको छ । जस मध्ये ऋणीले ओभर ड्राफ्ट कार्डबाट कर्जा लिँदा १५.४६, होम लोनमा १३.९६ प्रतिशत, सेयर धितो कर्जा १५.२१ प्रतिशत, एजुकेशन लोन १५.४६ प्रतिशत र अटो लोन १५.२१ प्रतिशत ब्याजदर तोकेको छ ।