काठमाडौं – घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले चालू आर्थकि वर्षको दोस्रो त्रैमासम्म ४१ करोड बढी नोक्सान ब्योहोरेको छ। कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार ४१ करोड ८४ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको देखिएको हो ।
गत वर्ष यस अवधिसम्म १ करोड ५४ लाख रूपैयाँभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष भने खुद नोक्सानीमा गएको हो । यस वर्ष कम्पनीको सञ्चालनबाट हुने आम्दानी १ दशमलव ४० प्रतिशत बढी १ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी भएको छ ।
प्रतिक्रिया