भारतीय केन्द्रीय बैंकले हातमा लियो यस बैंकको व्यवस्थापन, एसबीआई बैंकले लगानी गर्ने 

भारतीय केन्द्रीय बैंकले हातमा लियो यस बैंकको व्यवस्थापन, एसबीआई बैंकले लगानी गर्ने 

राजु ढुङ्गेल
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।

भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले निजि क्षेत्रको यस बैंकको ब्यबस्थापन आफ्नो हातमा लिएको छ । रिजर्भ बैंकले यस बैंकको संचालक समिति भंग गर्दै ब्यबस्थापन आफ्नो जिम्मामा लिएको हो । साथै यस बैंकमाथि कारोबार गर्न पनि प्रतिबन्ध लगाईएको छ ।

उक्त बैंकको संचालक समिति भंग गर्दै केन्द्रीय बैंकले स्टेट बैंक अफ इन्डियाका पूर्व मुख्य वित्त प्रमुख प्रशान्त कुमारलाई नयाँ प्रशासक नियुक्त गरेको हो। 

साथै बैंकका ग्राहकलाई ५० हजार भन्दा बढी रकम निकाल्न रोक लगाईएको छ । बैंकमा एक भन्दा बढी खाता भएका ग्राहकले पनि कुल ५० हजार रकम मात्र निकाल्न सक्ने छन् । आगामी ३ अप्रिलसम्म यो नयां लागु हुने रिजर्भ बैंकले जनाएको छ । यस संगै शुक्रबार बिहानै देखि बैंकको पैसा निकाल्न ग्राहकको लामो लाइन लागेको छ ।

बैंकमा सनाकत गहिरिएपछि केन्द्रीय बैंकले ब्यबस्थापन आफ्नो हातमा लिएको हो । भारतीय संचार माध्यमहरुका अनुसार बैंकको घाटा ६ अर्ब भन्दा बढी छ । बैंकमा समस्या बढेको र निक्षेपकर्ता थप जोखिममा पर्ने भएकोले केन्द्रिय बैंकले यो कदम चलेको बताईएको छ  । 

यस बैंकमा नेपालमा समेत लगानी रहेको स्टेट बैंक अफ इण्डिया (एसबीआइ) ले लगानी गर्ने निर्णय गरेको छ।