लघुवित्त बहस

‘लघुवित्तले सेक्युरिटी मोडल हैन अब ‘सस्टेनेबल फाइनान्सिङ्ग’ गर्नुपर्छ’

‘लघुवित्तले सेक्युरिटी मोडल हैन अब ‘सस्टेनेबल फाइनान्सिङ्ग’ गर्नुपर्छ’



काठमाडौं-एनएमबि लघुवित्त वित्तीय संस्थाका निर्देशक एवंम एनएमबि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले अहिलेको समयमा लघुवित्तको पुरानो मोडलको विषयमा सोच्नुपर्ने बताएका छन् । उनले बैंकिङ्ग समाचारको लघुवित्त विशेष कार्यक्रम ‘लघुवित्त बहस’ मा कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले हाल नेपालमा भएको लघुवित्तको खुद्रा मोडललाई परिवर्तन गर्नुपर्ने बताएका छन । उनी भन्छन, ‘हालको मोडलले सुरक्षा त प्रदान गर्यो तर बिजनेसमा कुनैपनि खालको योगदान गरेन । फरक–फरक व्यवसाय गर्नेलाई एउटै ग्रुपमा जोड्नभन्दा व्यवसाय अनुसार फरक समूह बनाई कार्य गर्दा व्यवसाय राम्रो हुन्छ । यसले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्दछ ।’
लघुवित्त बहस (भिडियो)


उनी भन्छन, ‘मलाई लाग्छ यो सेक्युरिटीको मोडलभन्दा बाहिर निस्केर ‘सस्टेनेबल फाइनान्सिङ्ग’ को मोडलबाट नीतिगत कार्य गर्नुपर्दछ ।’ बैंकर एवंम निर्देशक घिमिरेले पछिल्लो समय लघुवित्त क्षेत्रमा विभिन्न समस्या सिर्जना भएको र त्यसलाई छिटो भन्दा छिटो समाधान गनुपर्ने बताए । उनले भने, ‘यो समयमा लघुवित्त संस्थालाई आर्थिक व्यवस्थापन, कर्मचारी व्यवस्थापन जस्ता पक्षमा समस्या सिर्जना भएको छ । विगत लामो समय लघुवित्त वित्तीय संस्थाले स्रोतको अभाव झेले । उनले भने, ‘हाल लघुवित्त संस्थाहरुमा प्रर्याप्त तरलता रहेपनि लघुवित्तको लागि स्रोत व्यवस्थापन मुल विषय बनेको छ । लघुवित्तहरुले स्रोतको रुपमा अहिलेसम्म पनि बैंकबाट होलसेल कर्जा लिन्छन । त्यो दिगो हुँदैन । पछिल्लो समय लघुवित्तमा कर्जाको माग घटिरहेको र कर्जाको माग घट्नुको मुख्य कारण नेपाल राष्ट्र बैंकले लिएको ‘एक सदस्य एक लघुवित्त संस्था’ रहेको उनले बताए । उनले वाणिज्य बैंकबाट लघुवित्तको ब्याजदर निर्धारण गर्ने क्रममा आधार दरको व्यवस्था लागु भए लघुवित्तलाई ठुलो सहयोग पुर्याउने बताए । यसो गर्दा लघुवित्त संस्थाहरुले केही नाफा कमाउने उनले बताए ।

हालसम्म पनि लघुवित्त संस्थामा प्रविधिको प्रयोग हुन सकेको छैन । नेपालका बैंक वित्तीय संस्थाको नै कुरा गर्दा ‘क’ वर्गका वाणिज्य बैंकहरु यतिबेला प्रविधिमा शक्तिशाली बनेका छन् । वाणिज्य बैंकले हालसम्म आइपुग्दा एटिएम मेसिनबाटै रकम डिपोजिट गर्ने प्रविधि भित्र्याएका छन् तर ‘घ’ वर्गमा पर्ने लघुवित्त वित्तीय संस्थाले भने प्रविधिमा खासै ध्यान नदिएको देखिन्छ । एनएमबि लघुवित्त निर्देशक घिमिरेले पनि प्रविधिको विषयमा लघुवित्त क्षेत्र पछाडि रहेको स्वीकारे । उनले विस्तारै लघुवित्तले पनि प्रविधिको प्रयोग गर्दै गएको बताए । दोस्रो त्रैमासमा लघुवित्त संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अधिकांश लघुवित्त संस्थाहरुको खराब कर्जा बढेको बताउँदै उनले यसलाई गम्भिरतापूर्वक हेर्नुपर्ने बताएका छन् । यसरी खराब कर्जा बढ्दै जाँदा, लघुवित्तको नाफा घट्दै जाँदा लघुवित्तको विषयमा प्रश्न खडा हुँने बताए ।

उनले उत्पादनमूलक क्षेत्रमा लगानी भए खराब कर्जाको दरलाई रोकेर लघुवित्तको अनुमतिप्राप्त क्षेत्र राम्रो हुँदै जाने र ब्याजदर कम हुने अवस्था सिर्जना हुन्छ । उनले लघुवित्तको ऋण मिनाहा हुने जस्ता भ्रमको पछाडि जो कोही लाग्न नहुने बताएका छन् । उनले यस्तो हल्लाको पछि नलागी सम्पूर्ण लघुवित्तहरुलाई ‘सस्टेनेबल’ बनाउन उपयुक्त मोडलको बारे सोच्नुपर्ने बताए । उनले अब ‘ब्लेनडेड फाइनान्स’ को क्षेत्रमा ‘बाईल्याटर र मोटिल्याटर’ दाताहरुरुसँग आवद्ध गरेर कसरी कार्यक्रम ल्याउने भनेर सोच्नुपर्ने बताए । उनले हालसम्म लघुवित्तले समूह बनाएर बचत उठाउने र कर्जा लगानी मात्रै गर्ने जस्तो कार्य भइरहेको बताए । उनले जुन क्षेत्रमा पनि उपभोग्य किसिमको प्रवित्ति हाबी भएको बताए । उनले लघुवित्तबाट ऋणलाई व्यवसायमा नै लगानी गरेर त्यसलाई स्वआर्जन गर्नसक्ने गरेर प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे । उनले नीतिगत रुपमा गर्नुपर्ने कामहरु तत्कालै गर्नुपर्ने बताए ।

पछिल्ला लघुवित्त बहस