टावर तोडफोड भएपछि हुम्लामा बैंकिङ्ग सेवा ठप्प 

टावर तोडफोड भएपछि हुम्लामा बैंकिङ्ग सेवा ठप्प 


बैंकिङ्ग समाचार, हुम्ला ।

हुम्लाको चङ्खेली गाउँपालिका–३ स्थित रिमीको वल्र्डलिङ कम्युनिकेसन लिमिटेडको टावर तोडफोड भएपछि सेवाग्राही थुप्रै सेवाबाट प्रभावित बनेका छन् । आज्ञात समुहले टावर तोफोड गरेको पुष्टि गर्दै  वल्र्डलिङ कम्युनिकेसनका जिल्ला संयोजक रामजन रावतले 
वल्र्डलिङका सामग्रीमा क्षति पुगेपछि सर्केगाड र चङ्खेली दुवै गाउँपालिकाको कामकाजमा असर परेको जानकारी दिए । 

उनका अनुसार चैखेली गाउँपालिकामा रहेका वडा नं १ देखि ६ सम्मका कार्यालय, स्वास्थ्यचौकी, विद्यालय, स्वयं चङ्खेली गाउँपालिका कार्यालय तथा सर्केगाड गाउँपालिकाको सिटिजन्स बैंकको कारोवार ठप्प हुनुका साथै इलाका प्रशासन, सर्केगाडका वडा कार्यालय, स्वास्थ्यचौकी तथा विद्यालय समस्या भएको छ । 

सर्केगाड, चङ्खेली, ताजाकोट र अदानचुली गाउँपालिकाका नागरिक सेवा लिन सदरमुकाम सिमकोट नै धाउनुपर्ने बाध्य छन् । त्यस्तै एक ठाउँबाट अर्को ठाउँमा ‘इमर्जेन्सी डकुमेन्ट मेल’ गर्न समस्या भएको गाउँपालिका कार्यालयले जानएको छ । सो टावर तोडफोड गर्ने समुहको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।