अर्थतन्त्रका सूचक सकारात्मक छन् : अर्थमन्त्री महत

अर्थतन्त्रका सूचक सकारात्मक छन् : अर्थमन्त्री महत


काठमाडौं – अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित चालू वर्षको बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै उनले अर्थतन्त्र सुधारात्मक रहेकाे बताएका हुन् ।

अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताए । यस्तै, रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताए । ‘यो सुधारको सङ्केत हो । गत वर्षको तुलनामा हामी धेरै नै माथि पुगेका छौँ,’ अर्थमन्त्री महतले भने, ‘अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद हो ।’

यस्तै, कर्जा प्रवाहमा समेत उल्लेख्य सुधार आइरहेको पनि उनले बताए । ‘कर्जा प्रवाह हुन नसक्दा हामी सबैको चिन्ताको विषय थियो,’ उनले भने, ‘अहिले कर्जा प्रवाह २ प्रतिशतभन्दा धेरैले बढेको छ । अब अर्थतन्त्रमा बिस्तारै लय आइरहेको छ ।’