सातामा नेप्सेः तिब्र उतार-चढाव, १६ अर्ब २१ करोड माथिको कारोवार 

सातामा नेप्सेः तिब्र उतार-चढाव, १६ अर्ब २१ करोड माथिको कारोवार 


बैंकिङ्ग समाचार । 
यस साता नेप्से १४ सय ३५ दसमलव ७० बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ३ सय ७ दसमलव ७२ बिन्दुमा पुगेर रोकिएको छ ।

१ सय ७९ कम्पनीहरुको ३ करोड ८४ लाख २६ हजार ७ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा यस साता कारोवार रकम १६ अर्ब २१ करोड ९० लाख ५४ हजार ७ सय ८२ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार कारोवार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने नेप्सेमा १ सय ८० कम्पनीहरुको ४ करोड ४९ लाख ४४ हजार १ सय १३ कित्ता सेयर किनबेच हुँदा कारोवार रकम १८ अर्ब ६२ करोड ६६ लाख २२ हजार ४ सय ९९ रुपैयाँ पुगेको थियो । तर, यस साता भने गत साताको तुलनामा निकै कम हो । सातामा पाँचै दिन खुलेको नप्से पहिलो, दोस्रो, चौथो र पाँचौं दिन घटेपनि तेस्रो दिन भने बढेको थियो ।

यस्तै पहिलो दिन नेप्से ४० दसमलव ८२ अंकले घटेर १५ सय ९१ दसमलव ३६ बिन्दुमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि ७ दसमलव ४ अंकले घटेर तीन सय ४० दसमलव ६४ बिन्दुमा पुगेको थियो । दोस्रो दिन पनि नेप्से ९६ दसमलव ६ अंकले घटेर १४ सय ९५ दसमलव ३० बिन्दुमा पुगेकोमा सेन्सिटिभ पनि १९ दसमलव दुई अंकले घटेर ३ सय २१ दसमलव ४३ बिन्दुमा पुगेको थियो ।

तेस्रो दिन भने नेप्से १४ दसमलव ३७ अंकले बढेर १५ सय ९ दसमलव ६७ बिन्दुमा पुगेकोमा सेन्सिटिभ पनि २ दसमलव ६१ अंकले बढेर ३ सय २४ दसमलव ४ बिन्दुमा पुगेको थियो । चौंथो दिन भने नेप्से पुन ६८ दसमलव ४७ अंकले घटेर १४ सय ४१ दसमलव २० बिन्दुमा पुगेकोमा सेन्सिटिभ पनि १५ दसमलव १७ अंकले घटेर ३ सय आठ दसमलव ८७ बिन्दुमा पुगेको थियो ।

अन्तिम दिनपनि नेप्से ५ दसमलव ५ अंकले घटेर १४ सय ३५ दसमलव ७० बिन्दुमा पुगेकोमा सेन्सिटिभ पनि १ दसमलव १५ अंकले घटेर ३ सय सात दसमलव ७२ बिन्दुमा पुगेको थियो ।

यस साता बढी कमाउने कम्पनीहरुको सुचीमा एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, एभरेष्ट बैंक, एनएमबी बैंक आदि परेका छन् । कारोवार भएको सेयर संख्याको आधारमा भने प्रभु बैंक, नेपाल बैंक, एनएमबी बैंक आदि परेका छन् । यस्तै 

बजार पुंजीकरणको आधारमा नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु परेका छन् ।

नेप्सेका अनुसार यस साता सिद्धार्थ बैंकको ९० लाख एक हजार ६ सय २६ दसमलव २ कित्ता, कञ्चन डेभलपमेन्ट बैंकको ५लाख ३१ हजार ३ सय कित्ता, सबैको लघुबित्त बित्तीय संस्थाको २ लाख १४ हजार ५ सय कित्ता, नबिल बैंकको १ करोड ८ लाख ५६ हजार ५ सय २० कित्ता र ज्योति बिकास बैंकको ३९ लाख ५२ हजार ५ सय ४९ दसलव १३ कित्ता बोनस सेयर सुचीकृत भएका छन् ।