ग्लोबल विजनेस समिटमा भारतीय प्रधानमन्त्रीसहित विनोद चौधरीले सम्बोधन गर्ने

ग्लोबल विजनेस समिटमा भारतीय प्रधानमन्त्रीसहित विनोद चौधरीले सम्बोधन गर्ने


बैंकिङ्ग समाचार ।  

टाइम्स अफ इन्डियाले आयोजना गर्ने ‘ग्लोबल विजनेस समिट’ लाई नेपालका एकमात्र खर्बपति उद्योगी विनोद चौधरीले पनि सम्बोधन गर्ने भएका छन् । उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै चौधरी ग्रुपका अध्यक्ष चौधरीले पनि सम्बोधन गर्ने टाइम्स अफ इन्डियाले जनाएको छ ।

सो क्रममा चौधरीले भारतीय प्रधानमन्त्रीसँग भेटघाट तय भएको पनि जनाइएको छ । विश्वकै प्रतिष्ठित कार्यक्रम मध्येको एक उक्त समिट शुक्रबार र शनिबार नयाँ दिल्लीमा आयोजना हुँदैछ ।  

समिटको समुद्घाटन भारतीय प्रधानमन्त्री मोदीले गर्ने कार्यक्रम रहेको छ । टाइम्स अफ इन्डियाका अनुसार उक्त कार्यक्रममा मोदी सरकारका सात जना वरिष्ठ मन्त्रीहरूले पनि सम्बोधन गर्नेछन् ।

सम्मेलनलाई रक्षामन्त्री राजनाथसिंह, वित्तमन्त्री निर्मला सीतारमण, विदेश मन्त्री एस जयशंकर, वाणिज्य तथा रेल मन्त्री पियुस गोयल, टेक्सटाइल मन्त्री स्मृति इरानी, नागरिक उड्डययनमन्त्री हरदीप पुरी र उर्जा मन्त्रीआरके सिंहले सम्बोधन गर्ने जनाइएको छ ।  

टाइम्स अफ इन्डियाले प्रकाशित गरेको समाचार अनुसार विश्व विख्यात कम्पनीका प्रमुख कार्यकारीहरू एवं विश्वमा विजनेस, टेक्नोलोजी र सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तित्वहरू ग्लोबल विजनेश समिटका विशेष आकर्षणका रूपमा रहनेछन् ।

भारतीय प्रधानमन्त्री मोदी गुजरातका मुख्यमन्त्री हुँदा देखि नै चौधरीको उनीसँग निकट सम्बन्ध रहँदै आएको छ ।