सानिमाका ग्राहकले किस्तामा सामसुङको मोबाइल किन्न सक्ने

सानिमाका ग्राहकले किस्तामा सामसुङको मोबाइल किन्न सक्ने


बैंकिङ्ग समाचार ।  

सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपालबीच सम्झौता भएको छ । सम्झौताअनुसार आईएमएस नेपालले सानिमा बैंकका ग्राहकहरूलाई सामसुङको मोबाइल मासिक किस्तामा प्रदान गर्नेछ ।

सानिमा बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरू रिकमेन्डेड रिटेल मूल्यमा खरिद गर्न सक्ने बैंकले जनाएको छ । त्यस्तै बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याजदरका साथ १८ महिनासम्मको मासिक किस्ता भुक्तानी गर्न सक्नेछन् । 

यस्तै भर्खरै अन्तर्राष्ट्रिय बजारमा लन्च गरिएको ग्यालेक्सी एस २० र ग्यालेक्सी २० प्लस  विशेष मूल्यमा प्रिबुक गर्दा प्रिबुकिङ उपहारसमेत प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतामा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस नेपालका तर्फबाट सेल्स तथा अपरेसन म्यानेजर नारायणप्रसाद भुसालले हस्ताक्षर गरे ।