अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकमा कार्यरत आफ्ना ज्वाईको बचाऊ गर्दै पत्रकारलाई हप्काए

अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकमा कार्यरत आफ्ना ज्वाईको बचाऊ गर्दै पत्रकारलाई हप्काए


बैंकिङ्ग समाचार । 

अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंकमा निर्देशकको रुपमा काम गर्ने उनका ज्वाईं रामशरण खरेलले विराटनगरस्थित कार्यालयमा राखेका पुराना नोट चोरेको विषयमा सोधपुछ गर्दा पत्रकारलाई उल्टै हप्काएका छन् ।

सरकारको प्रवक्ताको भूमिकामा रहेका खतिवडाले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिने नियमित पत्रकार सम्मेलनमा आफ्ना ज्वाईमाथि लागेको आरोपको बारेमा प्रश्न सोध्दा ख्याल गर्न पत्रकारलाई आग्रह गरे । उनले आफ्ना ज्वाईंमाथि लागेको आरोप व्यक्तिगत भएको र त्यस्तो आरोप सबैमाथि लाग्न सक्ने भन्दै व्यक्तिगत आरोप लगाउने कुरा यस्ता कार्यक्रममा नगर्न आग्रह गरे । उनले भने। ‘मैले त यस्तो पहिलोपटक सुने ।’
 
राष्ट्र बैंकको विराटनगर कार्यालयबाट पुराना नोट चोरी भएको विषयमा साना कर्मचारीलाई मात्रै कारवाही गरेको तर अर्थमन्त्रीका ज्वाईं खरेललाई संरक्षण गरी सवल ठाउँमा सुरुवा गर्ने काम भएको विषयमा उनले कुनै प्रतिक्रिया दिएनन् । नियमित पत्रकार सम्मेलनामा अर्थमन्त्रीले कोरोना भाइरसको कारण अहिलेसम्म नेपालालाई कुनै प्रतिकुल असर नगरेको दावी गरे ।

उनले कामका लागि विदेश जाने र आपूर्तिमा केही असर गर्ने देखिनसक्ने भन्दै पर्यटन क्षेत्रमा बाह्य पर्यटनको प्रचारप्रसारको काम मात्रै रोकिएको बताए । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, पासपोर्ट तथा अन्तःशुल्क स्टिकर छपाई जस्ता कुराहरु प्रचलित कानुनअनुसार प्रतिस्पर्धाबाट गर्नुपर्छ भन्ने आफ्नो धारणाराखे ।  

खतिवडाले कुनै पनि व्यक्तिको अनुहारसँग सेयर बजारलाई जोड्ने कुरा नभएको बताउँदै कम्पनीको अवस्था हेरेर निर्णय गर्ने कुरा रहेको बताए । उनले सेयर बजार सुधारका लागि नीति, प्रणाली सुधार गर्ने काम भइसकेको र कम्पनीको अवस्था पनि सवल रहेको जानकारी दिए ।