शेयर बजार निरन्तर ओरालो यात्रामा, बिहिबार साढे २ अर्बको कारोवार 

शेयर बजार निरन्तर ओरालो यात्रामा, बिहिबार साढे २ अर्बको कारोवार 


बैंकिङ्ग समाचार । 

शेयर बजार कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक साताको अन्त बिहीबार घटेरै बन्द भएको छ । \"\"

साताको शुरुआत आइतबारदेखि नै राताम्यै भएको नेप्से परिसूचकले सोमबार ६ प्रतिशत अर्थात ९६ अंक भन्दा माथीको गिरावट आउँदा कारोबारमा सर्किट ब्रेकसम्म लागउनु परेको थियो ।

लगाम लगाउँदै कारोबार चलाउँदै आएपनि साताको अन्तमा भने ५ दशमलव ५० अंकले गिरावट आई परिसूचक १ हजार ४ सय  ३५ दशमलव ७० अंकमा थाएको छ । भने क बर्गको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १ दशमलव १५ प्रतिशतले घटेर ३ सय ७ दशमलव ७२ अंकमा झरेको छ । 

बिहीबार भएको १ सय ७९ कम्पनीहरुको ५९ लाख ४० हजार ५३३ कित्ता शेयर २२ हजार ५ सय ३१ पटक कारोबार हुँदा २ अर्ब ४५ करोड ७० लाख ९३ हजार ४ सय ६३ रुपैयाँको कारोबार भएको छ । 

बिहीबार डेभलभमेन्ट बैंक, बित्त, माइक्रोफाइनान्स, लाईफ इन्श्योरेन्स र अन्य उपसूचकहरुबाहेक बाँकी सबै उपसूचकहरुमा गिरावट आएको छ ।

आज धेरै कारोबार भएको नेपाल लाईफ इन्श्योरेन्स कम्पनीको ३७ कारोड माथी कारोबार भएको छ । धेरै कमाउनेमा मञ्जुश्री फाइनान्स लिमिटेडका शेयरधनीहरुले १० प्रतिशत कमाएका छन् भने धेरै गुमाउनेमा नेपाल हाईड्रो डेभलपमेन्ट र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका शेयरधनीहरुले करिव १० प्रतिशतले गुमाएका छन् ।