एनआईसी एशिया बैंकको होली अफर, मोबाईल बैंकिङ्ग प्रयोग गर्दा शत प्रतिशत ‘क्यासब्याक’

एनआईसी एशिया बैंकको होली अफर, मोबाईल बैंकिङ्ग प्रयोग गर्दा शत प्रतिशत ‘क्यासब्याक’


बैंकिङ्ग समाचार । 

एनआईसी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी यस बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना ल्याएको छ । यस योजना अन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकले १०० प्रतिशत वा अधिकतम ५ हजारसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन । 

बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकले पर्याप्त फाइदा उठाउँदै आइरहेका छन् । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक रू. १५ हजार ४०० सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक रू. ६ हजारसम्मको लाभ ग्राहकले लिइरहेको बैंकले विश्वास गरेको छ । 

डिजिटल फस्टको रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित हुन सफल भैसकेको यस बैंक विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रुपमा अघि बढिरहेको छ ।