सिटी एक्सप्रेस र इएमक्यूबीच रेमिटान्स कारोबार सुरु

सिटी एक्सप्रेस र इएमक्यूबीच रेमिटान्स कारोबार सुरु


बैंकिङ्ग समाचार । 

ख्यातिप्राप्त रेमिटान्स कम्पनी इएमक्यू लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबर सुरु भएको छ ।

जापान, युएई,  जोर्डनस्थित उपभोक्ताहरुले इएमक्यूको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन् ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५ सयभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इएमक्यू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५ सयभन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।