बाँणिज्य बैंकहरुले सुनलाई पनि नगद सरह निक्षेपको रुपमा स्वीकार गर्न सक्ने

बाँणिज्य बैंकहरुले सुनलाई पनि नगद सरह निक्षेपको रुपमा स्वीकार गर्न सक्ने


बैंकिङ्ग समाचार । 

नेपाल राष्ट्र बैकले बाँणिज्य बैंकहरुलाई सुनलाई पनि नगद सरह नै निक्षेपको रुपमा स्वीकार गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउन परिपत्र जारी गरेको छ ।

राष्ट्र बैंकले बिहिबार बाँणिज्य बैंकहरुको नाउँमा यस्तो  व्यवस्था कार्यान्वयनमा ल्याउनको लागि परिपत्र जारी गरेको हो । यो व्यवस्था कार्यान्वयनमा ल्याउनको लागि बैंकहरुले नीति तथा कार्यबिधी बनाएर सञ्चालक समितीबाट पारित गनुपर्ने र सुन निक्षेप स्वीकार गर्ने भएको त्यसको जानकारी राष्ट्र बैकलाई दिनुपर्ने छ ।

बैंकहरुले न्युनतम २५ ग्राम परिमाणको सुनलाई निक्षेपकोरुपमा स्वीकार गर्न सक्नेछन भने यसरी स्वीकार गरिएको सुनलाई शुद्धताको आधारमा प्रमाणपत्र दिनु पर्ने छ । सम्वन्धीत ग्राहकले भने यही प्रमाणपत्रको आधारमा निक्षेपकोरुपमा रहेको सुनको परिमाणको ७० प्रतिसतसम्म कर्जा लिान पाउने छन् ।

राष्ट्र बैंकका अनुसार यसरी निक्षेपकोरुपमा स्वीकार गरिएको सुनलाई अनिवार्य नगद मौज्दातमा समेत गणना गर्न सकिने छ ।

सुन निक्षेपकोरुपमा राख्नको लागि ग्राहक पहिचान सम्वन्धी बिवरण (केवाईसी) फारम पुर्णरुपमा भर्नुपर्ने छ भने १० लाख भन्दा माथिको सुन निक्षपको रुपमा राख्न अनिवार्य रुपमा श्रोत खुलाउनु पर्ने छ ।