समाजिक सुरक्षा भत्ता पुर्याउन घरदैलोमै पुगे बैंक, स्थानीय हर्षित

समाजिक सुरक्षा भत्ता पुर्याउन घरदैलोमै पुगे बैंक, स्थानीय हर्षित


बैंकिङ्ग समाचार । 

तनहुँको दमौलीमा रहेका कतिपय बैंकले घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् ।

व्यास नगरपालिकाका वडामा सो भत्ता वितरणको जिम्मा पाएको प्रभु र महालक्ष्मी विकास बैंकले घरदैलोमै पुगेर भत्ता वापतको रकम सेवाग्राहीलाई वितरण गरेका छन् । अझै कतिपय बैंकले शाखा कार्यालयमै बोलाएर भत्ता वितरण गर्ने गरेका छन् ।

प्रभु बैंकले ब्यास नगरपालिका–५ को समन्वयमा भत्ता वापतको रकम वितरण गरेको छ । उसले वडाको तीन ठाउँबाट ४ सय १३ लाभग्राहीलाई भत्ता वापतको रकम वितरण गरेको बैंकले जनाएको छ ।  

बैंकले दिएको जानकारी अनुसार वडा कार्यालयबाट २ सय ४३, रानीटारी सामुदायिक भवनबाट १ सय ५ र चिन्तुटार दरै समाजबाट ६५ जनाले भत्ता बुझेका छन् ।