काठमाडौं- अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको नाफामा वृद्धि भएको छ । दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले नाफा ४७ प्रतिशत बढेको जनाएको छ ।
योसँगै कम्पनीको करअघिको खुद नाफा ८ करोड ३९ लाख रुपैयाँ पुगेको । गत वर्षको यसै अवधिमा यस्तो नाफा ५ करोड ६७ लाख रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको ६ महिनामा विद्युत् बिक्रीबाट कम्पनीले ४२ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यस अवधिमा यस्तो आम्दानी ४० करोड ८६ लाख रुपैयाँ थियो । यसै आम्दानीले कम्पनीको नाफा पनि बढेको देखिन्छ ।






About Us
प्रतिक्रिया