इन्फोडेभलपर्स र रिलायन्स फाइनान्सबीच ‘पुमोरी नेक्स्टजेन’ कार्यान्वयन सम्झौता


काठमाडौं – इन्फोडेभलपर्स प्रालि र रिलायन्स फाइनान्सबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ्ग प्रणाली कार्यान्वयनका लागि सम्झौता भएको छ।सम्झौता नेपालको बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा डिजिटल प्रविधि क्षमता अभिवृद्धि तथा आधुनिक वित्तीय प्रविधि पूर्वाधार निर्माणतर्फको अर्को महत्त्वपूर्ण कदम रहेको कम्पनीले बताएको छ।

रणनीतिक साझेदारीले रिलायन्स फाइनान्सको डिजिटल बैंकिङ्ग क्षमता तथा प्रविधिगत पूर्वाधारलाई थप सुदृढ बनाउनेछ। इन्फोडेभलपर्सद्वारा विकसित पुमोरी नेक्स्टजेन’ एक आधुनिक, वेबमा आधारित तथा पूर्ण रूपमा एपिआईमा आधारित कोर बैंकिङ्ग प्लेटफर्म हो। जसले प्रभावकारी, विस्तारयोग्य र सुरक्षित बैंकिङ्ग सञ्चालनलाई सुनिश्चित गर्दछ।

यसको एपिआई आधारित संरचनाले डिजिटल बैंकिङ्ग च्यानलहरू, तेस्रोपक्षीय एप्लिकेसन, भुक्तानी प्रणाली तथा अन्य इन्टरप्राइज प्रणालीसँग सहज एकीकरण सम्भव बनाउँछ, जसले रिलायन्स फाइनान्सलाई भविष्यका डिजिटल नवप्रवर्तनका लागि तयार बनाउने कम्पनीको भनाइ छ।