बैकिङ्ग समाचार ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधवार (चैत १८ गते) देखि १ लाख ८ हजार ५४२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको छ ।
कम्पनीले वैशाख २१ गतेसम्मका लागि उक्त शेयर लिलामीमा विक्री खुला गर्न लागेको हो । प्रतिकित्ता रू. ५५० मूल्य तोकिएको यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्रहरु वैशाख २३ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटलको कार्यालय, लाजिम्पाट, काठमाडौंमा खोलिने समेत कम्पनीले जानकारी दिएको छ ।






About Us
प्रतिक्रिया