बैकिङ्ग समाचार ।
अजोड इन्स्योरेन्सले पूँजी वृद्धिका लागि ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनी सञ्चालक समितिको चैत १६ गते सम्पन्न बैठकले आगामी वैशाख ७ गते त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको डीईसीसी, अमन हलमा बिहान ११ बजे सभा बोलाएको हो ।
सभाले चुक्ता पूँजीको ५० प्रतिशत (२ कित्ता बराबर१ कित्ता) हकप्रद शेयर जारी गर्ने र कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने तथा हकप्रद शेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ ।
सभाले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचित गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु उपर छलफल गरी अनुमोदन गर्नेछ ।
वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत २४ गतेदेखि बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार चैत २३ गते सोमबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया