आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले बढेको छ। आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।त्यस्तै चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेको छ।

आइतबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय ५ रूपैयाँमा कारोवार भइरहेको छ।