अबदेखि उपभोक्ता मूल्य सूचकाङ्क राष्ट्रिय तथ्यांक कार्यालयले निकाल्ने


काठमाडौं – राष्ट्रिय तथ्याङ्क परिषद्को बैठकको निर्णय बमोजिम गठित संयुक्त कार्यदलले तयार पारेको उपभोक्ता मूल्य सूचकांक लगायतका मूल्य सम्बन्धी तथ्याङ्कीय कार्यहरु हस्तान्तरण सम्बन्धी अध्ययन प्रतिवेदन आज बसेको राष्ट्रिय तथ्याङ्क परिषदको बैठकले स्वीकृत गरेको छ । जससँगै अबदेखि उपभोक्ता मूल्य सूचकाङ्क राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रिय तथ्याङ्‌क परिषद्बाट पारित भई कार्यान्वयनका लागि यस कार्यालयमा प्राप्त उक्त प्रतिवेदन अनुसार मूल्य सूचकाङ्क निर्माणमा रहेको कार्यको दोहोरोपना अन्त्य गर्न र एकीकृत एकद्‌वार प्रणाली स्थापना गर्न हस्तान्तरण प्रक्रिया विधिवत रूपमा प्रक्रिया अघि बढ्ने भएको हो ।