काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारी विनियमावली तयार गरेको छ । केन्द्रीय बैंकले कर्मचारी विनियमावली तयार पार्दै वित्तीय संस्थाका कर्मचारीको सुविधामा व्यापक परिवर्तन गरेको छ ।
मानसिक रुपमा अशक्त व्यक्ति नियुक्तीको लागि अयोग्य हुने उल्लेख छ । राष्ट्र बैंकले प्रताव गरेको कार्यविधिमा बिदामा बसेको कर्मचारीलाई काममा लगाउन सकिने व्यवस्था समेटिएको छ । बिदामा बसेको समयमा पनि काम गरे बापत निजलाई सटृा बिदा वा तलब भत्ता बराबरको रकम प्रदान गरिने केन्द्रीय बैंकले जनाएको छ । यस विनियमावली लागू भएपछि कुनैपनि बढुवाको लागि उमेरको हद नलाग्ने भएको छ ।
केन्द्रीय बैंकले नियुक्तिका लागि सिफारिस भएको उम्मेदवारले स्वीकृत चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई निरोगिताको प्रमाणपत्र पेश गरेपछि मात्र निजलाई नियुक्तिपत्र दिने बताएको छ । यस व्यवस्थाले भने अस्वस्थ व्यक्तिलाई वित्तीय क्षेत्रमा प्रवेश गर्नबाट रोक लगाउन खोजिएको देखिन्छ ।






About Us
प्रतिक्रिया