बैकिङ्ग समाचार ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २८ गतेदेखि शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत खरिद आह्वान गरेको अवितरित हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज (चैत १३ गते) अन्तिम दिन रहेको छ।
लघुवित्तले २०७२ मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म बिक्री खुल्ला गरि आवेदन माग गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बोलकबोल प्रक्रिया मार्फत खरिद गर्न आह्वान गरेको थियो। लघुवित्तले संस्थापक समूहको ३ हजार ३६८ कित्ता र सर्वसाधारण समूहको ९ हजार ७४ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो। संस्थापक समूहको शेयरका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। त्यसैले, लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ।
लघुवित्तको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै साना किसानको बिर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपालगञ्ज, हेटौंडा, बुटवल, गजुरी, पोखरा, वीरेन्द्रनगर र बर्दिबास शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।






About Us
प्रतिक्रिया