किसान लघुवित्तको शेयर कारोबार रोक्का, तीन दिन भित्र स्पष्टिकरण माग

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार रोक्का गरी स्पष्टिकरण माग गरेको छ। 

नेप्सेले धितोपत्र मूल्यमा प्रभाव पर्ने सूचना सार्वजनिक गरेको भन्दै कारोबार रोक्का गरी स्पष्टिकरण माग गरेको हो।

लघुवित्तको चैत ६ गते बसेको बैठकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव गर्दै वार्षिक साधारण सभा बोलाएको थियो। नेप्सेले समयमै सूचना नदिएको र गलत सूचना दिएको भन्दै स्पष्टिकरण माग गरेको छ।

लघुवित्तले वार्षिक साधारण सभाको सूचना चैत ९ गते दिउसो ३ः५६ बजे मात्रै पठाएको र फेरी चैत १० गते संशोधन गरी प्रकाशित गरेको थियो। संशोधित सूचनामा लघुवित्तले हकप्रद निष्काशन गर्ने प्रस्ताव हटाएको थियो।

नेप्सेले लघुवित्तलाई तीन दिन भित्र स्पष्टिकरण माग गरेको छ।