बैकिङ्ग समाचार ।
प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज चैत्र १० गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ११ देखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले चैत्र २३ गते साधारणसभा आह्वान गरेको हो । कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुनेछन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट कर सहित हाल कायम चुक्ता पुँजीको ११.०५ प्रतिशतको दरले हुन आउने ११ करोड ८७ लाख ६७ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रहेको छ ।
प्रतिक्रिया