२४ अंक घट्यो नेप्से, ५ अर्ब ३५ करोड बराबरको शेयर खरीदविक्री

२४ अंक घट्यो नेप्से, ५ अर्ब ३५ करोड बराबरको शेयर खरीदविक्री


बैकिङ्ग समाचार ।

साताको दोस्रो दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २४ दशमलव शून्य ८ अकं घटेको छ ।  परिसूचक २ हजार ५१४ दशमलव ३९ विन्दुमा पुगेको हो । 

यसदिन २११ ओटा कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता शेयरको ६१ हजार ४८८ पटकमा रू. ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२४ बराबरको शेयर खरीदविक्री भएको छ ।यसदिनको कारोबारमा सर्वाधिक कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ । 

कम्पनीको रू. ४६ करोड ९६ लाख ८९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । साथै कम्पनीको शेयर मूल्य पनि सबैभन्दा बढी १० प्रतिशतले वृद्धि भएको छ । सोमवारको कारोबारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७२६ पुगेको हो । 

त्यसैगरी दोस्रोमा चन्द्रागिरी हिल्सको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये होटल एण्ड टुरिजमको परिसूचक ३ दशमलव ४७ प्रशित र जलविद्युत् समूहको परिसूचक ४ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । 

चन्दागिरी हिल्सको शेयर मूल्यमा वृद्धि भएकाले होटल एण्ड टुरिजमको परिसूचक बढेको हो । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ दशमलव २७ प्रतिशत र लघुवित्त समूहको परिसूचक २ दशमलव शून्य ३ प्रतिशतले घटेको छ ।  

सबैभन्दा बढी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ७१ प्रतिशतले घटेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७६८ कायम भएको छ ।

 त्यसैगरी दोस्रोमा सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ शदमलव ४७ प्रतिशतले घटेर प्रतिशेयर बजार मूल्य रू.२ हजार ३० कायम भएको छ । 

लगातार तीन दिन बढेको बजारमा कारोबारीहरु हावी भएको देखिन्छ । बजार बढेसँगै अल्पकालिन लगानीकर्ताले प्रोफिट बुक गर्दा बजार  घटेको हो । बजार घटेपनि लगानीकर्ताहरु जलविद्युत् कम्पनीतर्फ आकर्षित भएका छन् ।