बैकिङ्ग समाचार ।
सनराइज क्यापिटलले बिक्री खुला गरेको सनराइज ब्लूचीप फन्ड योजनामा १ अर्ब २३ करोड ७५ लाख ८० हजार ४०० रुपैयाँ बराबरको आवेदन परेको छ । फन्ड म्यानेजर सनराइज क्यापिटलका अनुसार आइतबार (चैत्र ८ गते) साँझ ५ः०० बजेसम्म ५६ हजार ८० जना आवेदकहरुले आवेदन दिएका छन् ।
सो मध्ये करिब १२ प्रतिशत आवेदनको सि आश्वा बैंकमार्फत रुजु हुन बाकी रहेको र हालसम्म करिब ५ प्रतिशत आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलले चैत्र १ गतेदेखि सन्राइज म्युचुअल फन्ड अन्तर्गत १० करोड इकाई बिक्री खुल्ला गरेको थियो ।
जस मध्ये कुल ईकाईको १५% अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित राखिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिएको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ इकाई बिक्रीमा ल्याएको थियो । यो दश वर्षे बन्दमुखी योजना रहेको छ ।
प्रतिक्रिया