बैकिङ्ग समाचार ।
आइतबार वोमी लघुवित्तको ५ लाख ७ हजार ४२० कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँगको मर्जर पश्चात कायम उक्त शेयर वोमी लघुवित्तको नाममा सूचीकृत भएको हो ।
सोमबारदेखि साविक ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले वोमी लघुवित्तको नामबाट शेयर कारोबार गर्न सक्नेछन् । शेयर सूचीकृत पश्चात कम्पनीको रोक्का रहेको शेयर कारोबार समेत फुकुवा भएको छ ।
वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाले मर्जर प्रकृया सम्पन्न गरी चैत ३ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । यी दुई कम्पनीविच गत माघ ४ गते मर्जर सम्बन्धि अन्तिम सम्झौता भएको थियो । दुई कम्पनी एक भएपछि बन्ने वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय प्रदेश नम्बर ३, बनेपा नगरपालिका वडा नम्बर १४, साँगा, काभ्रेपलाञ्चोकमा रहेको छ ।
प्रतिक्रिया