काठमाडौं– नेपाली बजारमा सुनको मूल्य दुई दिनदेखि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।
आज प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, मंगलबार चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ३७० रुपैयाँ तोकिएको छ । चाँदी सोमबार प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।





About Us
प्रतिक्रिया