बैकिङ्ग समाचार ।
गत सातादेखिको निरन्तर घटेको नेप्से परिसूचक सोमवार पनि घटेको छ । यो दिन परिसूचक शून्य दशमलव ७५ प्रतिशत अर्थात् १८ दशमलव शून्य ७ अंक घटेर २ हजार ३८९ विन्दुमा झरेको हो ।
आइतवार ५१ अंकले घटेर २ हजार ४०७ दशमलव २६ विन्दुमा बन्द भएको बजार सोमवार २ हजार ४१८ दशमलव ५१ विन्दुदेखि खुला भएको हो । यो दिन २ हजार ३८० दशमलव ५३ विन्दुसम्म झरेको बजार २ हजार ४३२ दशमलव १८ विन्दुसम्म पुगेको थियो ।
उता, ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव १७ प्रतिशत अर्थात् ५ दशमलव शून्य ७ अंक घटेर ४३० दशमलव शून्य ५ विन्दुमा झरेको छ ।
सोमवार २१२ ओटा कम्पनीको ५२ हजार ३०९ पटकको कारोबारमा रू. ४ अर्ब २४ करोड ८४ लाख २४ हजार बराबरको ९६ लाख ४ हजार ५२९ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक हिस्सा यो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ओगटेको छ । उक्त कम्पनीकोे रू. ४३ करोड ६२ लाख २१ हजार बराबरको शेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि यो दिन २ दशमलव ६८ प्रतिशत बढेको छ । प्रतिकित्ता रू. १४ ले बढेर कम्पनीको अन्तिम शेयरमूल्य रू. ५३७ कायम भएको हो ।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३ दशमलव ६९ प्रतिशत बढेको छ भने व्यापारिकको १ दशमलव ४८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १९ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव शून्य २ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ५७ प्रतिशत बढेको छ ।
यो दिन अन्य समूहको परिसुचक सर्वाधिक २ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको १ दशमलव ६ प्रतिशत, बैंकिङको १ दशमलव शून्य १ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ७६ प्रतिशत, वित्तको शून्य दशमलव ६४ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६१ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४४ प्रतिशत र जलविद्युतको शून्य दशमलव शून्य ४ प्रतिशत परिसूचक घटेको छ ।
दोहोरो अंकले घटेको सोमवारको बजारमा चार ओटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यो दिन चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो, पञ्चकन्यामाई हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।
चन्द्रागिरी हिल्सको ९ दशमलव ९५ प्रतिशत अर्थात प्रतिकित्ता रू. ८८ ले बढेर अन्तिम मूल्य रू. ९७२, घलेम्दी हाइड्रोको ९ दशमलव ४९ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १५ ले बढेर अन्तिम मूल्य रू. १७३, पञ्चकन्यामाई हाइड्रोपावरको ९ दशमलव ४७ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १६ ले बढेर अन्तिम मूल्य रू. १८५ र आँखुखोला जलविद्युतको ९ दशमलव शून्य ३ अर्थात् प्रतिकित्ता रू. १३ ले बढेर अन्तिम मूल्य रू. १५७ पुगेको हो ।
यस दिन हिमालयन पावर पार्टनरको शेयरमूल्य भने सर्वाधिक ६ दशमलव २५ प्रतिशत घटेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. २८ ले मूल्य घटेर अन्तिम मूल्य रू. ४२० कायम भएको छ ।
प्रतिक्रिया